– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साप्ताहिक रुपमा यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।
अघिल्लो साता १८८२.६१ मा बन्द भएको बजार यो साता १८६७.२१ मा बन्द भएको छ। यो हिसाबले बजार यो साता १५.४ अंकले घटेको छ। अघिल्लो साता भने बजारमा ३४.६७ अंकले गिरावट आएको थियो।
यो साता सेयर बजारमा ४ अर्ब ८६ करोड रुपैयााबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ४ अर्ब ७१ करोड रुपैयाँबराबरको भएको थियो।
अघिल्लो साताको तुलनामा यो साता बजार घटे पनि कम घटेको देखिन्छ। त्यस्तै कारोबार भने केही बढेको छ। साप्ताहिक रुपमा हेर्दा बजार गएको ३ सातादेखि भने निरन्तर घटेको देखिन्छ।
डाउ थेउरीका आधारमा
डाउ थेउरीमार्फत बजारलाई हेर्दा पछिल्लोपटकको उच्च विन्दु १९८० को विन्दुमा हायर हाई बनाएर खसेको देखिन्छ भने १९७० मा लोवर हाई कन्फर्मेसन गरेको देखिन्छ। यहाँबाट निरन्तर खसेको बजारले पछिल्लोपटक १८५० मा सपोर्ट लिएको देखिन्छ तर बजारमाथि नै जानका लागि हायर हाई कन्फर्मेसन भने गरेको अवस्था बजारमा देखिँदैन। बजारले हायर हाई कन्फर्मेसन गर्नका लागि र बजार पस्नका लागि भने १८८० भन्दा माथि भोलुमसहित बजार टिक्नुपर्ने हुन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा ३ साताअघि बजारले मध्य ब्यान्डमा प्रतिरोध गरेर तल्लो विन्दुतर्फ झरेको देखिन्छ। साप्ताहिक चार्टमा नै म्याक्डीमा बजारलाई हेर्दा हिस्टोग्राम सकारात्मक तर छोटा–छोटा हुँदै गएको देखिन्छन्।
आरएसआईमार्फत हेर्दा ४३ को विन्दुमा प्रतिरोध सामना गरेर हाल ३८ को विन्दुमा गएको देखिन्छ। बजारले एकपटक ओभर सोल्ड जोन ३० सम्म आउन सक्छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डमार्फत बजारलाई हेर्दा गत ८ अगस्टमा मूल्यरेखाले ट्रेन्डलाई माथिबाट काटेर तल गएको देखिन्छ। त्यसले बिक्री दबाब परेको देखिन्छ। त्यसपछि बजारले २ महिनापछि डिसेम्बर ७ मा मूल्यरेखाले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल गएको देखिन्छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वटा मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९३६
घटेमा सपोर्ट
निष्कर्ष
यो साता पनि सेयर बजारमा १५ अंकभन्दा बढीले घटेको छ। कारोबार र भोलुममा पनि अघिल्लो साताको तुलनामा खासै प्रगति हुन सकेको देखिँदैन। डाउ थेउरीमार्फत बजारलाई हेर्दा लोवर लो बनाउँदै झरेको देखिन्छ भने पछिल्लोपटक बजारले १८५० मा सपोर्ट लिएको देखिन्छ। बोलिंगर ब्यान्डका साप्ताहिक चार्टमार्फत हेर्दा बजारले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ।
त्यसैगरी सुपर ट्रेन्डमार्फत हेर्दा यही डिसेम्बर ७ मा बिक्री सिग्नल दिएको देखिन्छ। यस हिसाबले आगामी साता पनि बजारमा साइडवेज नै चल्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
36 minutes ago
42 minutes ago
59 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago