काठमाण्डौ । लगातार दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ कायम भएको छ। 

सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको थियो। यी दुवै दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ। यो वृद्धिसँगै आज प्रतितोला चाँदी १ हजार २४० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार २१० रुपैैयाँमा कारोबार भएको थियो। गत आइतबार र सोमबार भने चाँदीको भाउ स्थिर रहँदै १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।