काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज सोमबार पनि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँ बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच एको थियो। 

रुस–युक्रेन युद्धका कारण सुन र तेलको भाउमा दैनिकजसो बढोत्तरी भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।