काठमाण्डौ। अमेरिकी डलरको भाउमा लगातार तीन दिनदेखि गिरवाट आइरहेको छ। आज शुक्रबार पनि डलरको भाउ १.१७ रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ हिजो बिहीबार तुलनामा १.१७ रुपैयाँले घटेको हो। शुक्रबारको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.९५ रुपैयाँ र बिक्रीदर १२०.५५ रुपैयाँमा झरेको छ।
हिजो बिहीबारको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.१२ रुपैयाँ र बिक्रीदर १२१.७२ रुपैयाँ थियो। हिजो बिहीबार डलरको भाउ अघिल्लो दिनको तुलनामा ११ पैसाले घटेको थियो।
त्यस्तै गत बुधबार पनि डलरको भाउ ५१ पैसाले घट्दै प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीदर १२१.८३ रुपैयाँ कायम भएको थियो।
गत मंगलबार भने डलरको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीदर १२२.३४ रुपैयाँ पुगेको थियो। यो दिन डलरको भाउ सोमबारको तुलनामा १.७४ रुपैयाँले बढेको थियो।
1 minute ago
21 minutes ago
33 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago