काठमाण्डौ । सुनको भाउ बुधबार पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँमा झरेको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो। 

गत सोमबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो।