काठमाण्डौ। लगातार उच्च विनिमय दरको रेकर्ड बनाइरहेको अमेरिकी डलरको भाउ शनिबार भने ह्वात्तै घटेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनियम दरअनुसार डलरको भाउ प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ कायम भएको छ। हिजो शुक्रबार प्रतिडलर खरिददर १२२.६८ र बिक्रीदर १२३.२८ रुपैयाँ कायम भएको थियो। हिजोको तुलनामा आज डलरको भाउ ७५ पैसाले घटेको हो।
डलरको हिजो शुक्रबारको विनियम दर भने नेपालको इतिहासमा अहिलेसम्मकै उच्च पनि हो।
त्यसो त कोरोनाले विश्वअर्थतन्त्र संकटमा परिरहेको बेला डलर बलियो बन्दै जाँदा नेपाली मुद्रा कमजोर बनिरहेको छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको हो।
डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।
34 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago