काठमाण्डौ । सुन–चाँदीको भाउमा लगातार बढोत्तरी भइरहेको छ। आज पाँचौँ दिन सुन–चाँदीको भाउ उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago