काठमाण्डौ । भारतीय सेयरले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ।
साताको पहिलो कारोबार दिन सोमबार पनि भारतीय सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। बजार खुल्ना साथ नयाँ अल टाइम हाई बनेको थियो। आज सेन्सेक्स ६५०८९ को स्तर चुमेको छ। निफ्टीले पनि १९२९६ को विन्दु छोएको छ।
यसअघि सेन्सेक्स ११८ अंकको बढोत्तरीका साथ ६४८३६ को स्तरमा खुलेको थियो। निफ्टी पनि ५७ अंकको बढेर १९२४६ को स्तरमा खुलेको थियो ।
सुरुआती कारोबारका क्रममा सेन्सेक्सका ३० वटा सेयरमध्ये २१ वटामा बढोत्तरी भएको छ भने ९ वटामा गिरावट आएको छ।
महँगी कम हुनु, कच्चा तेलको भाउमा गिरावट आउनु, डलरको तुलनामा भारतीय मुद्रा बलियो हुनु, विदेशी लगानीकर्ता भारतीय बजारमा आकर्षित हुनु र विदेशी मुद्राको सञ्चिति बढ्नुले भारतीय बजारमा तीव्रता आएको हो। –एजेन्सी
17 minutes ago
23 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago