– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।
अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा २३ अंकको गिरावट आएको थियो।
यो साता दोस्रो बजारमा ४ अर्ब २४ कारोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता पनि ४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता पनि दोस्रो बजारमा अघिल्लो साताको तुलानमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ। यो सातासँगै सेयर बजारमा ७ औँ हप्ता निरन्तर गिरावट आएको छ।
यो साता बजार पुँजीकरण घटेर २८ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ६७ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो साता १ खर्ब ७५ अर्ब रुपैयाँले बजार पुँजीकरण घटेको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
पछिल्लोपटकको बजारलाई इलिअट वेभमार्फत हेर्दा माइनरको वेभ २ नै चलेको देखिन्छ। हालको करेक्सन यसभित्र पनि ए, बी र सीको यात्रामा हाल सी वेभभित्रको पनि १, २, ३, ४ र ५ चल्दै गरेको मान्न सकिन्छ। पछिल्लोपटकको करेक्सन २२४० देखि २००० सम्म वेभ ए, त्यसपछि २००० बाट १०० अंकको बढोत्तरीमा वेभ बी र हालको करेक्सन (२१००–२२५) करिब १८७५ को आसपासमा वेभ सी सकिनुपर्ने हुन्छ। यो भनेको हालको करेक्सनको अन्तिम विन्दु पनि हुन सक्छ। यस हिसाबले हेर्दा दोस्रो बजारको गिरावट १९०० को आसपासमा सकिन सक्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा यो साता बजारले मध्य ब्यान्डबाट पनि तल झरेको छ। यसले बजारमा तीव्र बिक्री दबाब रहेको बुझ्न सकिन्छ।
म्याक्डीबाट हेर्दा बजार अघिल्लो साता बियरिस क्रसओभर बनेको यो साता पनि यसले निरन्तरता पाएको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
साप्ताहिक बेसमा नै आरएसआई ४३ को तहमा पुगेको छ। समग्रमा तीनवटै इन्डिकेटरबाट बजारलाई साप्ताहिक रुपमा हेर्दा यही अवस्था रहेमा बजार केही समय साइडवेज चल्न सक्ने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २०३३
घटेमा सपोर्ट
निष्कर्ष
यो सातासँग सेयर बजार सातौ साता निरन्तर गिरावट आएको छ। अघिल्लो साताको ४ कारोबारमा २३ अंकमात्रै घटेको बजारमा यो साता ५८ अंकले भारी गिरावट आएको छ। बजारलाई डाउ थेउरीबाट हेर्दा पनि निरन्तर नयाँ लोवर लो बनाएको देखिन्छ। मुभिङ एभरेजबाट हेर्दा २०० दिन मुभिङ एभरेजमा प्रतिरोध सामना गरेर झरेको बजारले यो साता ५० दिने मुभिङ एभरेजमा पनि सपोर्ट लिन नसकेको देखिन्छ।
यस हिसाबले प्राविधिक रुपमा बजार निकै कमजोर अवस्थामा देखिन्छ। बजारलाई इन्डिकेटरहरुबाट हेर्दा यो साता साप्ताहिक रुपमा बोलिंगरको मध्य ब्यान्डबाट तल झरेको छ भने म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ। बजारलाई इलिअट वेभमार्फत हेर्दा करिब–करिब वेभ सीभित्रको अन्तिम करेक्सन चल्दै गरेको र आगामी साताको अन्त्यतिरबाट सम्हालिन सक्ने सम्भवना रहन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफारिस भने होइन।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago