काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहका बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए । 

समझदारीपत्रमा हस्ताक्षर समारोहमा परिसंघका पदाधिकारीहरु र बैंकर्स संघका पदाधिकारीहरुको उपस्थिति थियो