काठमाण्डौ । लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित आन्दोलनरतहरुले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन्।
काठमाण्डौमा मंगलबार आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा गर्नुपरेको बताए।
संघर्ष समितिकी उपाध्यक्ष सुशीला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रिय व्याज लगाएर आत्महत्या गर्न बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनिहरुको पक्षमा लागेको आरोप लगाइन्। उनले प्रहरी प्रशासनकै अगाडि आफूलाई हातपात गरेको र पीडित महिलालाई वित्तीय संस्थाका कर्मचारीहरुले जीउ बेचेर भए पनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन्।
धादिङका अनिल विसुङ्खेले कोरोना कालमाजस्तै अहिले लघुवित्त संस्थाहरु कालका रुपमा आएको बताए। इलाम स्थायी घर भएकी पीडित कुमारी राईले नेपाली समाजमा लघुवित्तको आतंक बढ्दै गएको र त्यसमा सरकारले न्याय दिनुभन्दा उल्टै पीडककै पक्षमा लागेको बताइन्।
लघुवित्त संस्थाहरु खारेजी, सामूहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकासलगायत पाँचबुँदे माग राखेका छन्। ती माग पूरा गर्न फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन्।
घोषित कार्यक्रमअनुसार फागुन १ गते पूर्वपश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दीप प्रज्ज्वलनसहित मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म सडकमा सुत्ने, फागुन २ गते ७७ वटै जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सहजीकरणपत्र बुझाउने, फागुन १६ गते ७७ वटै जिल्ला प्रशासनअगाडि धर्ना, जुलुसका साथै विरोध प्रदर्शन गर्ने, फागुन ३० गते काठमाण्डौको सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने रहेका छन्।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago