काठमाण्डौ । बीमा समितिमा ३१ कम्पनीले लघु बीमाको लाइसेन्सका लागि आवेदन दिएका छन्। 

गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै बीमा समितिले लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो। समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको लाइसेन्स दिन आवेदन खुला गरेको थियो। 

लघु बीमा कम्पनीहरुको चुक्तापुँजी कम्तीमा पनि ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था समितिले गरेको छ।

समितिका अनुसार तोकिएको म्याद आजसम्म ३१ कम्पनीले निवेदन दिएका छन्। यसरी निवेदन दिएकामध्ये लघु जीवन बीमा व्यवसाय गर्नका लागि १५ वटा र निर्जीवन बीमा व्यवसाय गर्नका लागि १६ कम्पनीको आवेदन दिएको समितिले जनाएको छ। 

निर्जीवन लुघ बीमा व्यवसाय गर्नका लागि एक्प्रेस माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, अभियान लघु बीमा कम्पनी र केयर माइक्रो जनरल कम्पनी छन्।

यसैगरी जीवन लघु बीमाको लाइसेन्सका लागि सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, क्रिष्ट माइक्रो लाइफ, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा लिबर्टी माइक्रो लाइफ र श्रीशक्ति लघुवित्त जीवन बीमा कम्पनी छन्।