काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज शुक्रबारबाट ललितपुरको महालक्ष्मीस्थित इमाडोलनजिकै शाखा विस्तार गरी बैंकिङ सेवा विस्तार गरेको छ।
शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन्। समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago