काठमाण्डौ । अघिल्लो कार्यकालमा उदाहरणीय काम गरेका ललितपुर महानगरपालिका मेयर तथा अहिलेको निर्वाचनमा नेपाली कांग्रेसबाट पुनः सोही पदमा उम्मेद्वारी दिएका चिरिबाबु महर्जनले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । 

हालसम्म ललितपुरको मेयर पदको ४०० मत गणना भएको छ । ताजा परिणामअनुसार चिरिबाबुले २१९ मत पाएका छन् । यो भनेको करिब ५५ प्रतिशत मत हो । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् । 

यसैगरी, उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४० मत पाएका छन्।