काठमाण्डौ । ललितपुर र भक्तपुर नगरक्षेत्रभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु गरिने भएको छ।

ललितपुर महानगरपालिकाले विभिन्न वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ। पहिलो खोप लगाएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ। यसका लागि पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड लिएर जानुपर्नेछ।

यसैगरी भक्तपुर नगरपालिकाले वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ ६ गतेदेखि जेठ १७ गतेसम्म दोस्रो डोज लगाइने जनाएको छ। 

खोप लगाउन भक्तपुर नगरपालिकाको १० वटै वडामा खोपकेन्द्र तय गरिएको छ। तोकिएको मितिमा खोपकेन्द्रमा गएर खोप लगाउन नभ्याएकाहरुलाई जेठ १८ र १९ गते भक्तपुर नगरपालिकाको कार्यालय पछाडि कमलविनायक बक्सिङ हलमा जेठ १७ र १८ गते खोप लगाउनेछ। 

नगरपालिकाले कोभिड १९ को लक्षण देखिएको र कोरोना पुष्टि भएको ३० दिन नपुगेकाहरु खोप लगाउन नआउन आग्रह गरेको छ। एउटा वडाका मान्छे अर्काेमा र आफ्नो तालिकाभन्दा अघिपछि खोप लगाउन नआउन पनि नगरपालिकाले आग्रह गरेको छ।

ललितपुर र भक्तपुरका यी खोप केन्द्र दोस्रो डोज लगाइनेछ–