काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सबै सेवाहरु बिहीबारदेखि स्थगित गरेको छ।
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएको अवस्थामा कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई होम आइसोलेसनमा रहेको भन्दै ललितपुर प्रशासनले अत्यावश्यकबाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो।
नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फका सेवा स्थगित गरिएको ललितपुर प्रशासनले जनाएको छ।
शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने प्रशासनले जनाएको छ।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago