काठमाण्डौ। जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।
सोही मुद्दामा अदालतले मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी छाड्न आदेश दिएको छ।
यसैगरी कलाधर देउजा र विनोद पौडेललाई १५ लाख रुपैयाँ रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमन कुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र, लोकहरि घिमिरे र अरुणकुमार श्रेष्ठलाई जनही ७ लाख ५० रुपैयाँ, शिवजी भट्ट र ध्रुवप्रसाद अर्याललाई जनही ३ लाख ३० हजार रुपैयाँ तथा बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जन जनही १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
7 minutes ago
24 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago