काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू र आफ्नो पार्टी लाखौँ सेयर लगानीकर्ताका हितको पक्षमा रहेको स्पष्ट पारेका छन्।
पुँजीबजारप्रतिको पछिल्लो अभिव्यक्तिबाट निकै आलोचित बन्न पुगेका अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताहरुका हितको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।’
यसैगरी अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति निकै आक्रोशित बनेका छन्। ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले अध्यक्ष ओली झुट, बेइमान र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने सतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र चरित्रमात्र प्रदर्शन गरेका छन्।’
ओलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न प्रचण्डले चुनौती दिएका छन्। ‘यसका साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु’, प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन्।
11 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago