काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको छ। 

कम्पनीको लाभांश घोषणासम्बन्धी जानकारीलाई लिएर नेप्सेले रिडी पावरको सेयर कारोबार रोक्का राख्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। 

कम्पनी सञ्चालक समितिको हिजो बिहान ११ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका बारेमा कम्पनीले दिउँसो ३ः५५ बजे नेप्सेमा जानकारी गराएको थियो।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारीबाट सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई धितोपत्रको मूल्यमा पारेको ठहर गरेको छ। 

नेप्सेले कारोबार समयअवधिमा सञ्चालक समितिको बैठक बस्नुको कारणबारे चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न रिडी पावर कम्पनीलाई निर्देशन दिएको छ।