काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान, नगद प्रवाह वितरण तथा राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण अनुसूचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरणसमेत) स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको छ।
राष्ट्र बैंकको स्वीकृतिपछि वित्तीय विवरण आगामी २८ औँ वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago