काठमाण्डौ। नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिजअन्तर्गत नयाँ नोकिया जी२१ सर्वजनिक गरेको छ।

सर्वाधिक टिक्ने ब्याट्रीका लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तीन दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको छ। सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरुसहित सुपथ मूल्यमा उपलब्ध रहेका छन्।

एसिया प्यासिफिक र चाइनाकोलागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने, ‘मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन्। प्रिमियम स्लिक नार्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ। बनावटमात्र बलियो नभै यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ। ओएसमा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्षसम्म गर्न मिल्ने हुनाले धेरै पछिसम्म पनि नयाँ फोन चलएको आभास हुन्छ।’  

मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा

महत्त्वपूर्ण डेटा सुरक्षित राख्नका लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरुसहित आएको यो नोकिया जी२१मा मास्क मोड पनि रहेको छ। जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ।

एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरु सबै सहजै उपलब्ध छन्।

बेस्ट इन क्लास एक्स्पिरिएन्सका लागि प्रि–लोडेड स्पोटिफाई र एक्सप्रेस भीपीएनसहित आउने यस फोनमा उपभोक्ताले ७० मिलियनसम्म गीत र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ।

यसका साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताका लागि एक्सप्रेस भीपीएन ३० दिनको ट्रायल पिरियडसम्म फ्री छ।

दिनभरि सक्रिय रहनका लागि लामो ब्याट्री ब्याकअप

तीन दिनको ब्याट्री ब्याकअपका साथ आउने यो फोनेले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनुपर्ने झन्झट र तनावबाट मुक्त गरिदिएको छ। चाहे परिवारसँग रमाइलो पलहरु कैद गर्न होस् वा आफूलाई मनपर्ने कार्यक्रमहरु हेर्न होस् नोकिया जी२ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ।
आफ्नो ब्याट्री लामो समयसम्म विस्तार गर्नका लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्नुहोस् र आवश्यकताअनुसार नोकिया जी २१ मा भएको यो सुविधा जुनसुकै बेला अन गर्न सकिनेछ। 

यसका साथै जतिखेर पनि स्विच गर्न सकिने सुपर ब्याट्री सेभर मोडमा आफूलाई चाहिने फिचरहरुमात्र चलाएर ३ दिनभन्दा पनि धेरै लामो समयसम्म ब्याट्री बचाउन सकिन्छ।

उत्पादकता वृद्धिका लागि फास्ट रेस्पोन्स

जी—सिरिजमा पहिलो पटक ९०एचजेडको पावरसहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुका साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ।  

नोकिया जी२१सँग उत्कृष्ट फोटोग्राफी

भर्साटायल ट्रिपल–लेन्स क्यामेराहरुका साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ। कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ। त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोका लागि उत्कृष्ट जुम क्वालिटी प्रदान गर्दछ। 

नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिस मजबुती भएको

नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको छ। फोनको सुरक्षा र मनको शान्तिका लागि यी फोनहरुमा क्लियर केस पनि आउँछन्। जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ। सबैभन्दा राम्रो कुरा त यो फोन पूर्णतया रिसाइकल गरिएको सामानहरुबाट बनेको छ र बिग्रेपछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ।

मूल्य र उपलब्धता

६÷१२८ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. २२ हजार ९९९ रहेको छ। ब्लु र डस्क रङमा उपलब्ध नोकिया जी२१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ।