काठमाण्डौ । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन्।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार ज्याक मा हालै चीन फर्किएका छन्। उनी १ वर्षभन्दा बढी समयदेखि विदेशमा थिए। ५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरुको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रुपमा देखा परेका छन्।
ज्याक मा प्राविधिक उद्यमीहरुविरुद्धको अभियानपछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अबएपति थिए। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे। जहाँ उनले साथीहरुसँग भेट गरे। उनी अन्तर्राष्ट्रिय कला मेलामा पनि गए।
ज्याक मा कृषि प्रविधिका बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरेको तर पछिल्ला वर्षहरुमा उनी किन सर्वसाधारणको नजरबाट टाढा रहेको भन्ने जानकारी भने पत्रिकाले दिएको छैन।
ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए। यस वर्ष जनवरीमा उनले टेक जायन्ट एन्ट ग्रुपको अधिकार त्यागेका थिए। –एजेन्सी
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago