काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर कारोबार भएको छ। अन्तिममा बजार करिब ४० अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज अन्तिम समयमा कारोबार र भोलुम दुवै बढेको छ।
प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसअघि करिब १९३० बाट फर्केको बजार आज २००० भन्दा माथि बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारले खरिदका लागि कन्फर्मेसन दिएको छ। म्याक्डीमार्फत हेर्दा पनि आज बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक बनेको छ। भोलुम अघिल्लो दिनको तुलनामा आज बढेको छ।
आरएसआई ओभर सोल्ड जोन नजिकबाट फर्केर आज ४९ को तहमा पुगेको छ। समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा आज लामो समयपछि बजारमा प्राविधिक रुपमा खरिदका लागि कन्फर्मेसन दिएको छ।
पिभटमार्फत हेर्दा हालको पिभट प्वइन्ट २०३३ को विन्दुमा रहेको छ। यदि बजार त्यहाँबाट माथि जान्छ भने बजारले पहिलो प्रतिरोध २०८१ मा, दोस्रो प्रतिरोध २१७२ मा र तेस्रो प्रतिरोध २२२० मा सामना गर्न सक्छ।
त्यसैगरी यदि घटेमा भने बजारले क्रमशः १९४२, १८९४ र १८५० सपोर्ट लिन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago