काठमाण्डौ । सर्लाहीको लालबन्दी खानेपानी उपभोक्ता समितिका उपभोक्ताहरुले अब आइएमई पेबाट खानेपानीको महसुल भुक्तानी गर्न सक्ने भएका छन्।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र लालबन्दी खानेपानी उपभोक्ता समितिबीच महसुल भुक्तानीका विषयमा सम्झौता भएको छ। सोही सम्झौताअनुसार अब लालबन्दी क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेन्ट पार्टनरहरू वा आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन्। 

सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुणकुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो सम्झौताबाट ६ हजार ५१४ घरधुरी लाभान्वित हुनुहुने प्रमुख श्रेष्ठले बताए।