काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभा (एजीएम)मा लैजाने अनुमति पाएको छ।

विद्युत नियमन आयोगले लिबर्टी इनर्जीलाई चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको हो। 

कम्पनीले गत माघ २५ गते हकप्रद सेयर निष्कासन गर्न साधारणसभामा प्रस्ताव लैजान आयोगको सहमति मागेको थियो। 

अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट हकप्रद सेयर निष्कासनको प्रस्ताव स्वीकृति गरी जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।