काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१०.९९ रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ३९ करोड ४१ लाख १५ हजार १०१.३२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५.९९ रुपैयाँबराबरको नगद लाभांश र ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५.३३ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।