काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो।
कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १० गते) बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गर्दै अब चुक्तापुँजीको कुल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ नगद लाभांश छन्।
यसअघि गत पुस १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि बीमा प्राधिकरण पठाएको थियो। प्राधिकरणले लाभांशमा संशोधन गर्न निर्देशन दिँदै वित्तीय विवरण स्वीकृत गरेको थियो।
अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
25 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago