काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ९.७५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४८ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।