काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिकित्ता लुम्बिनी विकास बैंकको ४२९.६५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४८५.५० रुपैयाँ रहेको थियो। अब यो बैंकको सेयर समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो पुस ९ गते हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।