काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार रुपैयाँबराबरको लाभांश अनुमोन गर्नेछ। जसमा ९.५२३८१ प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४७६१९ प्रतिशतले हुन आउने ५७ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले अधिकृत पुँजी हाल १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
अन्य कुनै उपयुक्त बीमा कम्पनीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने प्रयोजनका लागि कम्पनी छनोट, समझदारीपत्रमा हस्ताक्षर, सम्पत्ति र दायित्व मूल्यांकनलगायतका सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
14 minutes ago
23 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago