काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा एकैसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिहरुमा विद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत ती कार्यक्रमहरु सञ्चालन गरिएको थियो।

एकैसाथ सञ्चालित कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवासुविधा, डिजिटल बंैकिङ, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङका विविध आयामहरुका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरुले प्रस्ट पारेका थिए। 

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्बन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिति थियो।

बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरुको हीतलाई ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवासुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी गराए। 

अनवरत विश्वासको ८५ औँ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैंकका रुपमा रहन सफल भएको छ। बैंकले हाल ७२ जिल्लाका २१३ शाखा, १५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक प्रविधियुक्त बंैकिङ सेवा पुर्याइरहेको छ।