काठमाण्डौ । बज्र ग्रुपअन्तर्गत ईभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंग स्कुटर लामो समयदेखि बिक्रीवितरण गर्दै आइरहेको छ।
लेभ्लिंग स्कुटरको सुर्खेतका लागि आधिकारिक बिक्रेता गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ। लामो समयदेखि विश्व प्रसिद्ध ब्रान्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित लेभ्लिंग ब्रान्डका स्कुटरको नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको छ।
सुर्खेतको जुम्ला रोडमा रहेको लेभलिंग शोरुमबाट आज असार १४ गते उद्घाटन हुनेछ। शोरुमको उद्घाटन मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर मोहन माया ढकालले गर्नेछन्।
गणेश इनटरनेसनल अटोमोबाइल सुर्खेतका संस्थापक प्रेमकुमार बीसीले यो शोरुम उद्घाटनसँगै सुर्खेतलाई इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिनेछ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago