काठमाण्डौ । लोकसेवा आयोग विशेष सामग्री प्रस्तुतिको आज हामी १५ औँ भागमा आइपुगेका छौँ । आज पनि हरेक साताझैँ हप्ताभरि घटेका समसामयिक घटनाक्रमसँगै नमुना प्रश्नपत्र तपाइँहरुमा पस्केका छौँ । 

विशेषगरी लोकसेवा आयोगले परीक्षा लिने विभिन्न निकायमा प्रतिस्पर्धा गर्न तयारी गरिरहनुभएकाहरुलाई अभ्यस्त बनाउन यो सामग्री हरेक साता यो सामग्री प्रस्तुत गर्दै आएका छौँ । हामी निरन्तर उत्कृष्ट सामग्रीसँगै परीक्षामा सहयोगीसिद्ध होस् भनेर खोजमूलक सामग्री तपाइँहरुमाझ लिएर आउने गरेका छौँ । त्यसैले यो सामग्री पढेर निरन्तर अभ्यासमा लाग्नुहोला । 

समसामयिक घटनाक्रम

क्युवामा ४३ वर्षपछि प्रधानमन्त्री नियुक्त

सन २०१९ डिसेम्वर २१ मा म्यानिअल मर्रेरो क्रुज क्युवाका प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलद्धारा नियुक्त भएका हुन् । क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनस्र्थापना गरिएको हो । सन् १९७६ मा पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएदेखि अहिलेसम्म कोही प्रधानमन्त्री नियुक्त भएका थिएनन् ।

अत्ताहुर रहमान पुरस्कार

त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक डा. अच्युत अधिकारीले अत्ताहुर रहमान पुरस्कार पाएका छन् । ५ हजार डलर राशीको यो पुरस्कार युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने गरेको छ । उनले नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका छन् । अधिकारीलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)ले यस वर्षको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको थियो ।

“सगरमाथा“ तारा र “लालीगुराँस“ ग्रहको नाम

सन् २०१९ डिसेम्वर १७ बाट इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् ।

सगरमाथा (एचडी १००७७७ ) : सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्य जस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो । यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ ।

लालीगुराँस (एचडी १००७७७ ‘बी’ ) : लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ  । यो ग्रहमा जीवको सम्भावना छैन । 

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री

  • फिनल्यान्डकी सान्ना मरिन (३४ वर्षीय)
  • १० डिसेम्बर २०१९ मा सपथ ग्रहण 
  • सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको
  • प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बनेकी 

६९ औँ मिस वल्र्ड २०१९ 

  • ६९ औँ मिस वल्र्ड २०१९ टोनी अन सिंह ले जितिन ।
  • उनी जमैकाकी नागरिक हुन ।
  • १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै टोनी अन सिंह ले उक्त ताज जितिकि हुन् ।
  • फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितिन ।
  • मिस नेपाल (२०१९ अनुष्का श्रेष्ठले टप १२ मा पुगी ‘मिस वल्र्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोजको ताज हात पारिन् । 

लेखक : तिलाचन सापकोटा 

तलको नमुनाप्रश्नपत्र हल गर्नुहोस् –