काठमाण्डौ । दसैँ सकिएर तिहारको रमझम सुरु भइसकेको छ । तिहार विशेषगरी दिदीबहिनी र दाजुभाइको चाडका रुपमा बुझ्ने गर्छौं। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन् । यही बेला उनीहरुलाई आफ्ना दाजुभाइको सुख र प्रगतिको कामना पनि गर्छन् । सुख त मनको कुरा तर प्रगति गर्न मेहनत चाहिन्छ नै । त्यसपछि आफ्नो पढाइ र अध्ययनलाई बढी जोड दिनुपर्छ । बिजशालाको उद्देश्य पनि त्यही हो। आफ्ना पाठकलाई अध्ययनशील र ताजा घटना जानकारी गराउने।

आज हामी यो लोकसेवा विशेष सामग्रीको सातौँ संस्करणमा आइपुगेका छौँ । लोकसेवा विशेष सामग्रीलाई हाम्रा पाठकले निकै रुचाइदिनुभएको छ । भविष्यमा यसलाई अझै परिस्कृत बनाउने हाम्रो योजना छ ।

हाम्रो टिम युवा सबलीकरणमा जोड दिन्छ । त्यसैले हामी युवालाई लोकसेवाबाट लिइने कुनै पनि निकायको परीक्षामा सक्षमताका प्रस्तुत हुन सकून् भन्ने ध्येयका साथ हरेक सोमबार लोकसेवा विशेष सामग्री पस्किँदै आइरहेका छौँ । आज पनि हामीले समसामयिक घटनाक्रमसँगै एउटा नमुना सेट प्रस्तुत गरेका छौँ । समयसामयिक घटना पढ्नुहोस् र नमुना सेट हल गर्नुहोस् । 

लेखक : तिलाचन सापकोटा

केही महत्वपूर्ण समसामयिक

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, २०१९

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवश २०१९ को नारा ‘याक्टिङ टुगेदर फर इम्पावर चिल्ड्रेन, देअर फेमलिज् एन्ड सोसाइटिज् टु इन्ड प्रोभर्टी’ रहेको थियो । अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस हरेक वर्ष अक्टोवर १७ मा मनाइन्छ । अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसड्डसन् १९९३ बाट मनाउन थालिएको हो । हाल नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्यास १८.७ प्रतिशत, बहुआयामिक गरिवी २८.६ प्रतिशत रहेको छ भने २६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भइरहेको छ । सन् २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतभन्दा तल झार्ने प्रतिवद्धता गरेको छ ।

भोकमरी सूचकाङ्क, २०१९

यस प्रतिवेदनमा नेपाल ७३ औँ स्थानमा (२०.८ अंक) पर्न सफल भएको छ । जम्मा ११७ वटा देशमध्ये पहिलो स्थानमा बेलारुस परेको छ भने अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपव्लिक परेको छ ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना

काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा वि.सं. २०७६ कात्तिक १ गते उद्घाटन गरिएको झन्डै ८ करोड रुपैयाँको लगानीमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन केन्द्रका अध्यक्ष हुनुहुन्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नयाँ अध्यक्षमा पन्त

एनआरएनको वि.सं. २०७६ असोज ३० मा भएकोनिर्वाचनमा एनआरएनएका अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएको छ । उक्त निर्वाचनको नतिजा वि.स २०७६ कात्तिक १ मा आएको थियो । आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बन्नु भएको हो ।

अर्थशास्त्र तर्फको नोवल पुरस्कार, २०१९

अभिजीत बनर्जी (भारत), एस्तर डुफलो (फ्रान्स) र माइकल क्रेमर (अमेरिका) लाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ । उनीहरूको वैश्विक गरीबी निवारणको प्रयोगात्मक दृष्टिकोणका लागि यो पुरस्कार प्रदान गरिएको हो । हालसम्म यो पुरस्कार पाउने एकमात्र महिला एलिनर ओस्ट्रोम (सन् २००९) हुन् । यो पुरस्कारको राशि ९० लाख स्विस क्रोनर वा करिब १० लाख डलर रहेको छ ।

तलको नमुना सेट हल गर्नुहोस् –