काठमाण्डौ । आज हामी लोकसेवा विशेष सामग्रीको आठौँ संस्करणमा छौँ । यहाँ हामीले समयसामयिक घटनाक्रमसँगे सधैँजसो नमुना सेट प्रस्तुत गरेका छौँ । पछिल्ला घटनाक्रम पढ्नुहोस् र नमुना सेट हल गर्ने प्रयास गर्नुहोस् । 

केही महत्वपूर्ण समसामयिक

  • सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

नेपालको संविधानको धारा धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपत्ति विद्यादेवी भण्डारीले वि.सं. २०७६ कार्तिक १७ देखि लागू हुने गरी सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ । तत्कालिन शेरबहादुर देउवा नेतृत्व चुनावी सरकारले वि.सं. २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु न्युक्त गरेको थियो । चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचारसंहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो । राष्ट्रपतिले बीचैमा नहटाएको अवस्थामा प्रदेश प्रमुखको कार्यकाल ५ वर्षको हुनेछ ।

  • नेपाल मेडिकल काउन्सिलको प्रमुखमा डा. भगवान कोइराला

नेपाल मेडिकल काउन्सिलको प्रमुखमा डा. भगवान कोइराला नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँ वि.सं. २०७६ कात्तिक १७ गते बाट प्रमुख बन्नुभएको हो ।

  • त्रिविले पायो १९ औं उपकुलपत्ति

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त हुनुभएको छ । उहाँ वि.सं. २०७६ कात्तिक १७ गतेबाट त्रिवि उपकुलपत्ति बन्नु भएको हो ।

  • पोषण अभियानको शुभारम्भ

वि.सं. २०७६ कात्तिक १६ बाट प्रदेश नं ५ मा लागू हुने गरी पोषण अभियानको सुरुवात भएको छ । पोषण अभियानको शुभारम्भ राष्ट्रपत्ति विद्यादेवी भण्डारीबाट भएको हो । विल एण्ड मिलिण्डा फाउण्डेसनको आर्थिक सहयोगमा ६ महिना देखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले यो अभियानको सुरुआत गरेको हो ।

  • नेपाल असंलग्न राष्ट्रको उपाध्यक्षमा निर्वाचित

नेपाल असंलग्न राष्ट्र (नाम) को उपाध्यक्षमा निर्वाचित भएको छ । अजरबैजानको बाकुमा सन् २०१९ अक्टोबर २५–२६ मा सम्पन्न भएको १८ औं शिखर सम्मेलनबाट नेपाल उपाध्यक्षमा निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल उपाध्यक्षमा निर्वाचित भएको हो । नेपालका तर्फबाट यस सम्मेलनमा सहभागि हुने प्रधानमन्त्री केपी शर्मा वली हुन् । १७ औं शिखर सम्मेलन सन् २०१६ सेप्टेम्बर १३–१८ सम्म पोर्लामार, भेनेजुयलामा भएको थियो । उक्त सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागि भएका थिए । असंलग्न आन्दोलनको पहिलो सम्मेलन सन् १९६१ सेप्टेम्बर १–६ मा बेलग्रेड, युगोस्लाभियामा भएको थियो ।

  • लियोनेल मेसी शताब्दीकै नम्बर १ खेलाडी

बेलायति चर्चित पत्रिका इनडिपेन्डेन्सले अध्ययनसहित सार्वजनिक गरेको उक्त सूचीमा मेसी एक नम्बरमा परेका छन् । यो शताब्दीकै १० शीर्ष खेलाडीहरुः

१. लियोनेल मेसी, अर्जेन्टिना २. क्रिष्टियानो रोनाल्डो, पोर्चुगल

३. जाभी हर्नान्डेज, स्पेन ४. रोनाल्डिन्हो, ब्राजिल

५. आन्द्रे इनिस्टा, स्पेन ६. रोनाल्डो नाजारियो, ब्राजिल

७. थियरी हेनरी, फ्रान्स ८. जिनेदिने जिदान, फ्रान्स

९. काका, ब्राजिल १०. फावियो कानाभारो, इटाली

  • बुकर पुरस्कार, २०१९

यस वर्षको बुकर पुरस्कार क्यानडाकी ६९ वर्षीया साहित्यकार मार्गरेट एटवुड र बेलायती ६४ वर्षीया लेखिका बर्नार्डिन एभरिस्टोलाई संयुक्त रूपमा प्रदान गरिएको छ । बर्नार्डिन एभरिस्टो बुकर पुरस्कार प्राप्त गर्ने पहिलो अश्वेत महिला हुन् । बर्नार्डिन एभरिस्टोको गर्ल, वुमेन, अदर र मार्गरेट एटवुडको द टेस्टामेन्टका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कारको सुरुआत सन् १९६९ देखि भएको हो । सन् १९९२ मा पनि यो पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको थियो । यो पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ । गत वर्ष यो पुरस्कार एना बन्र्सले मिल्कम्यानका लागि पाएका थिए ।

  • जलविद्युत् क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी

‘माथिल्लो त्रिशुली–१’ माकोरियाली कम्पनी ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी –एनडब्लूइडिसी)ले विश्व बैंकसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्था लगानी साझेदारसँग वि.स२०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको छ । २१६ मेगावाट उत्पादन क्षमताको भएको उक्त जलविधुत्त आयोजना निर्माण गर्न ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ । उक्त आयोजनामा ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर ऋण र बाँकी लगानी एनडब्लूइडिसीको स्वपूँजी रहनेछ । यो आयोजनासन् २०२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  • इस्लामिक स्टेटका प्रमुख मारिए

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएको आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख विश्वमा सबैभन्दा बढी खोजी गरिएका व्यक्ति अबु बकर अल–बग्दादीलाई सन् २०१९ अक्टोवर २६ मा मारिएको छ । डोनाल्ड ट्रम्पले अक्टोवर २७ मा अबु बकर अल–बग्दादीलाई अमेरिकी फौजद्वारा सिरियामा मारिएकाको घोषणा गरेका थिए । बग्दादीलाई अमेरिकी सैन्य कुकुरले (कोनान) सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएर आत्महत्या गरेका थिए । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार दिने घोषणा गरेको थियो।इस्लािमक स्टेट (आइएस) ले वरिष्ठ नेता अबु बकर अलबग्दादी मुत्यु भएको पुष्टि गरेसँगै अबु इब्राहिम अल कुरैसीलाई समूहको नयाँ प्रमुखका रूपमा चयन गरेको छ ।

  • हिमाल आरोहणमानेपाली युवाको नौलो किर्तिमान

नेपाली आरोही निर्मल पुर्जाले छ महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर किर्तिमान कायम गरेका छन् । ब्रिटिस सेनामा काम गरिसकेका ३६ वर्षीय निर्मल पुर्जाले २०७६ कात्तिक १२ गते चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो कार्य पूरा गरेका हुन् । उनले अन्नपूर्णको, अप्रिल २३ मा, धौलागिरीको, मे १२ मा, कञ्जनजङ्गाको, मे १५ मा, सगरमाथाको, मे २० मा, लोत्सकोे, मे २२ मा, मकालुको, मे २४ मा, नाङ्गापर्वतको, जुलाई ३ मा, जी १को, जुलाई १५ मा, जी २को, जुलाई १८ मा, के २को, जुलाई २४ मा, ब्रोड पिकको, जुलाई २६ मा, चो यूको, सेप्टेम्बर २३ मा, मनास्लुको, सेप्टेम्बर २७ मा र शीशापाङ्माको, अक्टोबर २९ मा सफल आरोहण गरेका थिए। यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा (८ वर्ष लगाएर सन् १९८७ मा) रहेको थियो ।

  • Doing business index, 2020

नेपाल यो सूचकांकमा ९४ औँ स्थानमा रहेको छ । जम्मा १९० देश मध्येनेपाल पहिलो पटक १०० राष्ट्र भित्र परेको हो । नेपाल २०१९ मा ११० औ स्थानमा थियो । डुईङ विजनेसका १० सुचक मध्ये नेपालको ५ मा सुधार, २ मा स्थिर र ३ वटा सुचकमा गिरावट आएको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । 

शीर्ष स्थानका पाँच राष्ट्र क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ्, डेनमार्क र दक्षिण कोरिया रहेका छन् । ब्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले हरेक वर्ष डुइङ बिजनेश रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

  • नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास

वि.सं. २०७६ कात्तिक ४ गतेप्रधानमन्त्री केपी शर्मा ओलीले नौबीसे–नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्नभएको हो । २.७किलोमिटर लामो हुने (प्रवेश मार्गसहित ५.५६ किमी)यो आयोजना राष्ट्रिय गौरवको योजनामा समेटिएको छ । जम्मा लागत २२ अर्व मध्ये जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र वाँकी नेपालकै लगानीमा निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । निर्माणको लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको हो ।

  • राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा सार्वजनिक

वि.स.२०७६ कात्तिक ३ माकेन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको लोगो र नारा  सार्वजनिक गरेको छ । १२ औं राष्ट्रिय जनगणनाको नारा “मेरो गणना मेरो सहभागिता” रहने भएको छ । जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने भएको छ । 

  • दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान

सन् २०१९ अक्टोवर १८ मानासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर “स्पेसवाक”को नयाँ कीर्तिमान बनाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार कोक यसअघि चारपटक अन्तरिक्षयानबाहिर निस्किसकेकी थिइन् तर मिअर भने अन्तरिक्षयान बाहिर पहिलो पटक निस्किएकी हुन् ।मिअर अन्तरिक्षमा हिँड्ने पन्ध्रौँ महिला हुन्।

लेखक : तिलाचन सापकोटा

तलको नमुना सेट हेर्नुहोस् :–