काठमाण्डौ । लोकसेवा विशेष सामग्री आज हामी १० औँ भागमा प्रस्तुत गर्दैछौँ।

हरेक सोमबार लोकसेवा परीक्षाको तयारी गरिरहेका हाम्रा पाठकका लागि नमुना प्रश्नसेटसहित समसामयिक घटनाक्रम समेटेर यो सामग्री दिँदै आएका छौँ । यसले लोकसेवा परीक्षासँगै लोकसेवाबाट लिइने विभिन्न संघसंस्थाको परीक्षाको तयारी गरिरहेका सघाउ पुगेको हामीलाई विश्वास छ । 

अनलाइनमार्फत प्रस्तुत गरिरहेका यो सामग्रीलाई अझ उत्कृष्ट बनाउन तपाइँहरुको प्रतिक्रिया पनि हामीलाई आवश्यक छ । त्यसैले हाम्रो यो प्रयासमा केही कमीकमजोरी भए हामीलाई सीधा सम्पर्क गर्नुहोला । 

- लेखक : तिलाचन सापकोटा 

केही महत्वपूर्ण समसामयिक

राष्ट्रिय कर दिवस, २०७६

कर दिवस, २०७५ को नारा “स्वच्छ कर प्रशासन, विकास र सुशासन ।” रहेको छ । प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । कर दिवस वि.सं. २०६९ बाट मनाउन थलिएको हो । वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको सम्झनामा मनाउन थालिएको हो । 

हालसम्मका राष्ट्रिय कर दिवसका नाराहरू : 

  • २०६९ः “करको चर्चा घरघरमा गरौँ, कर तिरौँ, राष्ट्र निर्माण अभियानमा सहभागी बनौँ ।”
  • २०७०ः “करदातामैत्री कर प्रशासनको अभियान ।”
  • २०७१ः “करदाता मैत्री कर प्रशासनः समृद्ध र सुशासन हाम्रो अभियान ।”
  • २०७२ः “समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधारः करदातामैत्री एवं सुदृढ कर प्रणाली पूर्वाधार ।”
  • २०७३ः “गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर ।”
  • २०७४ः “हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर ।”
  • २०७५ः “कर : समृद्ध नेपाल, सुखी नेपालीको भर ।”
  • २०७६ः “स्वच्छ कर प्रशासन, विकास र सुशासन ।”

यस वर्ष १० विधामा धेरै कर तिर्नेहरु

  • व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा
  • ठूलो करदाता – सूर्य नेपाल प्रा.लि.
  • निर्यातकर्ता – डाबर नेपाल प्रा.लि.
  • उद्योग – जगदम्बा स्टिल
  • स्वास्थ्य–शिक्षा – मणिपाल नेपाल
  • कृषि – अन्नपूर्ण एग्रो
  • सहकारी तथा लघुवित्त – छिमेकी लघुवित्त
  • बैंक तथावित्त – राष्ट्रिय वाणिज्य बैंक
  • बीमाव्यवसाय – नेपाल लाइफ इन्स्योरेन्स
  • सूचनातथा सञ्चार – वल्र्ड लिंक
  • व्यापार तथा व्यवसाय – अग्नि इनकर्पोरेट

तलको नमुना प्रश्नपत्र हल गर्नुहोस् –