काठमाण्डौ । लोकसेवा विशेष सामग्री आज सोमबार हामी १२ औँ भागमा आइपुगेका छौँ । अर्थात् विगत तीन महिनायता लोकसेवाअन्तर्गत निजामतीसहित विभिन्न क्षेत्रमा लिइने परीक्षाका लागि बहुउपयोगी हुन सक्ने भन्दै हामीले यो सामग्री परीक्षाको तयारी गरिरहेकाहरुलाई ध्यानमा राखेर हरेक साता प्रकाशन गर्दै आएका छौँ ।

यो साता पनि विभिन्न समसामयिक घटनाक्रमसँगै अभ्यासका लागि नमुना प्रश्नसेट तपाइँहरुमाझ पस्केका छौँ ।

महत्वपूर्ण समसामयिक घटनाक्रम

नेपाल भ्रमण वर्ष, २०२०

नेपाल भ्रमण वर्ष २०२० मनाउने निर्णय वि.सं. २०७४ साउन २९ मा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को लोगो डिजाइनर उद्धव रिजाल हुन् । नेपाल भ्रमण वर्षको नारा लाइफटाइम एक्सपेरियन्स (जीवनकाल अनुभव) रहेको छ । सन् २०२० भरिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

‘माथिल्लो त्रिशूली ए’ जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वि.सं. २०७६ मंसिर २ गते प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट उद्घाटन गर्नुभएको हो । ६० मेगावटको यो आयोजना रसुवा र नुवकोट जिल्लामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण हुने भएको छ ।

लेखक : तिलाचन सापकोटा

तलको नमुना प्रश्न सेट हल गर्नुहोस् :