काठमाण्डौ । राप्रपाको सिफारिस बमोजिम प्रधानमन्त्री केपी ओलीले अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई आइतबार वाणिज्यमन्त्री नियुक्त गरेका छन्
नेपालमा मन्त्री हुनलाई नेताको आफन्त, नातेदार नै हुनुपर्छ भन्ने मान्यतालाई फेरि एकपटक स्थापित गर्दै अध्यक्ष लोकेन्द्रबहादुर चन्दले आफ्ना जेठा छोरा जयन्त चन्दलाई श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले सम्हालिरहेको वाणिज्य मन्त्रालयको तालाचाबी दिने चाजोपाजो मिलाएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले आइतबार नै चन्दलाई राष्ट्रपति भवनमा मन्त्रीको सपथ खुवाएका प्रमका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
५१ वर्षीय चन्द राप्रपाबाट मनोनीततर्फका सांसद समेत हुन् । उनीसँग २०५९ सालदेखि नै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव रहेको बताइएको छ । जयन्त भन्दा पुराना, अनुभवी र लामो योगदान भएका नेता पार्टीमा रहे पनि अध्यक्षले पुत्रमोह देखाएको भन्दै आलोचना समेत सुरु भएको छ । चन्दलाई मन्त्रीमण्डलमा थप गरिएपछि ओली नेतृत्वको क्याबिनेट ४१ सदस्यीय भएको छ ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago