काठमाण्डौ। लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ। 

आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औँ तहमा विज्ञापन खुलाएको हो। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्टलगायतका पदमा दरखास्त आह्वान गरेको छ। 

यी पदमा खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा पदपूर्ति गरिने आयोगले जनाएको छ। 

इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी मंसिर २१ गतेसम्म आवेदन दिन सकिनेछ। 

दरखास्त अनलाइनबाट दिनुपर्नेछ।