काठमाण्डौ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।
डा. यादव यसअघि लामो समयदेखि कार्यरत अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन्। उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ।
योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ।
डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन्। खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घुँडालगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ।
19 minutes ago
45 minutes ago
54 minutes ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago