काठमाण्डौ । अमेरिकाको सिएटलस्थित दिग्गज टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले ‘वर्क फ्रम होम’ नीतिलाई विस्तार गर्दै केही कर्मचारीलाई अब स्थायी रुपमै घरबाटै काम गराउने निर्णय लिएको छ।

कम्पनीले हालै नयाँ ‘बृहद कार्यस्थल’ दिशानिर्देश जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो। कम्पनीले दिशानिर्देशमा एउटा खा पेस गरेको छ। जसमा कोही पनि कर्मचारी विभिन्न स्थानमा बसेर अधिक लचकताका साथ काम गर्न सक्नेछन्। यतिसम्म कर्मचारीहरु देशका कुनै पनि स्थानमा बसेर काम गर्न सक्नेछन्।

कम्पनीले कोरोना महामारीका क्रममा परिवर्तित आवश्यकतालाई समायोजन गर्नेतर्फ काम गरिरहेको छ। माइक्रोसफ्ट कर्मचारीहरुले आफ्नो कामकाजी सप्ताहको ५० प्रतिशत कम समयका लागि घरबा स्वतन्त्र रुपमा काम गर्न अनुमति दिइनेछ। यसका साथै दुर्गम इलाकाका कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्ने अनुमति दिइने कम्पनीले जनाएको छ।

माइक्रोसफ्टमा कर्मचारी मामिला हेर्दै आएकी मुख्य अधिकारी क्याथलिन होगनले माइक्रोसफ्ट ब्लगमा एउटा पोसट गर्दै भनेकी छन्, ‘हामी कारोबारी आवश्यकतालाई सन्तुलित गर्दै हरेक व्यक्तिको कार्यशैलीका अनुसार जहाँसम्म सम्भव हुन्छ, त्यहाँसम्म समर्थन गर्ने प्रयास गर्नेछौँ। साथै, हामी यो पनि सुनिश्चित गर्छौं कि हामी आफ्नो संस्कृतिअनुसार जीवन जिउँछौँ।’

माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्य नडेलाले अधिकांश कर्मचारीको कामकाजी समयमा कम्पनी लचिलो भएको बताएका छन्। ‘महामारीबीच कामको प्रकृतिमा कस्तो परिवर्तन आयो, सहयोगमा काम कसरी हुन्छ र कम्पनीभित्र कसरी सिक्ने र यो सुनिश्चित गर्ने कि कर्मचारी बाहिर तनावमा नपरुन्’, उनले भने, ‘हामी यी ती मुख्य विचारमा केन्द्रित भएर कर्मचारीलाई जहाँ भए पनि काम गर्ने वातावरण बनाउने ध्याउन्नमा लागेका छौँ।’ – एजेन्सी