काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध आग्रह गरेको छ। 

नेप्सेले आज सबै सूचीकृत कम्पनीहरुलाई पत्र पठाउँदै गत आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेले सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गीकरण गर्दै आएको छ।

सोही कार्यका लागि सूचीकृत कम्पनीहरुलाई आवश्यक विवरण पठाउन नेप्सले आग्रह गरेको हो।

सूचीकृत कम्पनीहरुले यही साउन १७ गतेसम्म कार्यालय समयभित्र listing@nepalstock.com मा प्राप्त हुने गरी विवरण उपलब्ध गराउन आग्रह गरेको छ। 

यस्तो छ ढाँचा –