काठमाण्डौ । यस वर्षको विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)का अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ।
आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको बृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क युरिन डिपस्टिक टेस्टको व्यवस्थासमेत गरिएको अस्पतालले जनाएको छ।
यसका साथै प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किमसमेत सार्वजनिक गरिएको छ।
यसैगरी सो कार्यक्रममा प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पीएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
शनिबार बिहान ८ बजेदेखि सो बृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ।
कार्यक्रममा सहभागीले वरिष्ठ युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ र युरोलोजिस्ट डा. सञ्जीवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन्।
प्रोस्टेट ग्रन्थीका बिरामीले वर्ल्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ। यो लिंक (https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform) मा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ।
नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र बृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ। यस्ता कार्यक्रममा परामर्श सेवा र विभिन्न खालका परीक्षणहरुमा भारी छुटको स्किमसमेत ल्याइने गरिएको छ।
नर्भिकले विगत केही महिनादेखि नै आफ्नो सीएसआरअन्तर्गत युरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार युरोलोजीको टिमबाट निःशुल्क ओपीडी सेवासमेत सञ्चालन गर्दै आएको छ। हस्पिटलले अन्य विशेषज्ञ डाक्टरहरुको समेत सहभागितामा निःशुल्क ओपीडी तथा परामर्श सेवासमेत सञ्चालन गर्दै आइरहेको छ।
नाम दर्ता गराउने लिंक:
https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago