काठमाण्डौ । वर्षायाम सुरु भइसकेको छ। पानी दैनिकजसो परिरहेको छ।

अन्य मौसमको तुलनामा वर्षायाममा कार चलाउन केही जोखिमपूर्ण हुन्छ। त्यसैले यो मौसममा कार चलाउँदाको विशेष ख्याल राख्नुपर्दछ। 

यदि बर्खायाममा पनि तपाइँको सफर सुरक्षित गर्नुछ भने यी कुरा अवश्यक ध्यान दिनुहोस्। जसका कारण यो मौसममा कार चलाउँदा तपाइँले सुरक्षित महसुस गर्न सक्नुहुनेछ। 

१. त्यसो त मनसुन सुरु हुनुअगावै एउटापटक कार सर्भिसिङ गर्दा राम्रो हुन्थ्यो। तर मनसुन सुरु भए पनि सफा दिनमा एकपटक कार सर्भिसिङ गर्नुहोस्। किनकि पानी परिरहेको बेला प्रायः कारको इन्जिन बन्द हुने समस्या देखिन्छ। त्यसैले बेलैमा सर्भिसिङ गरेमा यो समस्याबाट मुक्ति मिल्छ। 

२. पानी परिरहेको समयमा सडक चिप्लो हुन्छ। यदि तपाइँको कारको टायर पूर्ण घिसिएको छ भने यो मौसममा खतरनाक हुन सक्छ। त्यसैले त्यस्ता घिसिएको टायरमै यो मौसममा कार चलाउनुभन्दा नयाँ टायर परिवर्तन गर्नु नै राम्रो हुन्छ। 

३. पानी पर्ने मौसममा कारमा वाइपरको काम सबैभन्दा आवश्यक हुन्छ। वाइपर ब्लेड्स यदि सही तरिकाले काम गर्दैन भने पानी परिरहेको बेला कार चलाउन मुस्किल हुन्छ। त्यसैले बेलैमा वाइपर ब्लेडसँग जोडिएका सबै समस्या हटाउनुहोस्। यसका साथै वासर सिस्टम पनि चेक गर्नुहोस् र वासर बोतल खालि नराख्नुहोस्। 

४. यो मौसममा कार चलाउँदा ब्रेकले सही ढंगले काम गरेको छ कि छैन बेलैमा चेक गर्नुहोस्। ब्रेकको विषयमा सानो लापरबाहीले पनि यो मौसममा तपाइँलाई ठूलो दुर्घटनाको नजिक पुर्याउन सक्छ। त्यसैले बेला–बेला ब्रेक ब्रेक प्याड, ब्रेक शूजस्ता ससाना कुरामा ध्यान दिनुहोस्। 

५. यो मौसममा कारको ब्याट्रीमाथि पनि विशेष ध्यान दिनुपर्छ। यदि ब्याट्रीले काम गरेको छैन भने बदल्नुस्। किनकि पानी परिरहेको समयमा कारमा विभिन्न फङ्सन चलाउनुपर्ने भएकोले ब्याट्रीमाथि धेरै लोड परेको हुन्छ। 

६. यो मौसममा कारको इलेक्ट्रिक कनेन्सनमा पनि विशेष ध्यान दिनुहोस्। किनकि इलेक्ट्रिक कनेन्सनमा सानो लापरबाहीले पनि यो मौसममा ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसैले बेलैमा कारको सबै इलेक्ट्रिक कनेक्सन चेक गर्नु हो। 

७. पानी परिरहेको बेला भिजिबिलिटी कम हुने कारणले प्रायः कार चलाउँदा समस्या आउन सक्छ। त्यसैले यो बेला कारको हेडलाइटदेखि टेललाइटसम्म सही स्थितिमा हुन आवश्यक छ। कार चलाउँदा हेडलाइटले पूर्ण रुपमा काम गरेको छ कि छैन भन्ने विषयमा बेलाबेला जाँच गर्नुपर्दछ। – एजेन्सी