काठमाण्डौ । मुलुकमा चालु आर्थिक वर्षको माघ महिनामा कुल वस्तु पैठारी केही वृद्धि भएको छ भने निकासीको वृद्धि कायमै छ।
समीक्षा अवधिमा कुल वस्तु निकासी गत वर्षको यही अवधिको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएर ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल वस्तु निकासी ६४ अर्ब ९७ करोड रुपैयाँको थियो।
यसअवधिमा भारततर्फको निकासी ८.६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निकासी ५५.२ प्रतिशतले घटेको छ।
यसैगरी समीक्षा अवधिसम्म कुल वस्तु पैठारीमा गत वर्षको सोही अवधिको तुलनामा सीमान्त वृद्धि देखिएको छ। यसअवधिमा कुल पैठारी ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
यस अवधिमा भारतबाट हुने पैठारी बढेको छ भने चीन र अन्य देशबाट हुने पैठारी घटेको छ।
यस अवधिमा व्यापार घाटा भने ०.७ प्रतिशतले सुधार भएको छ।
संघीय सरकारको चालु आर्थिक वर्षको माघसम्म कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले वृद्धि भई कुल विनियोजिनको ३३.९ प्रतिशत खर्च भएको छ।
राजस्व तथा अन्य प्राप्तिसमेत गरी लक्ष्यको करिब ९६.६ प्रतिशत परिचालन भएको छ। वैदेशिक सहायता प्रतिबद्धतामा ७१.५ प्रतिशतले वृद्धि भएको छ।
30 minutes ago
36 minutes ago
53 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago