काठमाण्डौ। आर्थिक वर्ष २०७९–८०को ११ महिना (जेठ)सम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक देखिएको छ।
गत आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको हो। नबिलले मात्रै ७ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यो ११ महिनासम्म वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। जेठमा मात्रै वाणिज्य बैंकहरुले करिब १९ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो महिना वैशाखसम्म बैंकहरुको नाफा ५७ अर्ब १७ करोड रुपैयाँ रहेको थयो।
बढी नाफा कमाउनेको सूचीको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ र चौथो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
उच्च नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक पाँचौँ स्थानमा रहेको छ। यो बैंकले ११ महिनामा ४ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यस्ता छन् अन्य वाणिज्य बैंकको नाफा
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago