काठमाण्डौ । असारको पहिलो ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी बढेको देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार असार १–४ गतेसम्म बैंकहरुले थप ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत जेठभरि भने वाणिज्य बैंकहरुले ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।
चालु आर्थिक वर्षको असार ४ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।
असारको यो चार दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर देखिएको थियो। यो अवधिसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ। जब कि गत जेठ ३१ गतेसम्म पनि बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ नै रहेको थियो। जेठ महिनाभरि भने बैंकहरुले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
32 minutes ago
38 minutes ago
55 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago