काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। 

केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी सरकार गर्ने इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य बैंकहरुले ई–मेलमार्फत पठाउने सरकारी कारोबारको दैनिक विवरणका आधारमा राष्ट्र बैंकले हिसाब मिलान गर्दै आएको थियो।। 

साउन १ बाट राष्ट्र बैंकले सञ्चालनमा ल्याएको एसआईएस पूर्ण कार्यान्वयनमा ल्याउन लागेको हो। त्यसैले साउन १ बाट वाणिज्य बैंकहरुले यही प्रणालीमार्फत अनिवार्य रुपमा राष्ट्र बैंकलाई सरकारी कारोबारको दैनिक विवरण पठाउनुपर्ने र सोही आधारमा हिसाब मिलान हुने भएको हो। 

अर्को निर्देशन नभएसम्मका लागि सरकारी कारोबारको दैनिक विवरण ई–मेलसमेत समानान्तर रुपमा पठाउन पनि वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ।