काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि फागुनको पहिलो साता अर्ब रुपैयाँले बढेको छ। गत माघ २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्म बढेर ४१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।