काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।
नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार फागुन २१ गतेदेखि फागुन २७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।
यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत फागुन २० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा फागुन २७ गतेसम्म घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ।
फागुन लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी पनि १४ अर्ब रुपैयाँले बढेको छ।
16 minutes ago
18 minutes ago
24 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago